कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ६ जनाको उपचारका क्रममा ज्यान गएको हो । यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११७०३ पुगेको छ ।
यसअवधिमा नेपालमा थप ४९०४ जनामा कोरोना भाइरसको संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५६२ नमुना परिक्षणमा ४९०४ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या ८७३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९२४ जना संक्रमण मुक्त भएका छन् । २७२७४८ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।




