दवावका बिच २० औँ संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगीताको उपाधी सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ । मनाङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफले पहिलो पटक सो प्रतियोगीताको उपाधी जित्न सफल भएको हो ।
आफ्नै होमग्राउण्ड पोखरा रंगशालामा मनाङ र्मस्याङदी क्लवलाई पराजित गर्दै विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लव आहारारा गोल्डकपको इतिहासमा उपाधि जित्ने टोलिमा नयाँ नाम थप्दै आफ्नो खेल जिवनमा नयाँ इतिहास रच्न सफल भएको छ । एपिएफ १४ वर्षपछि सो प्रतियोगीताको फाईनलमा पुगेको टोली हो ।
पहिलो हाफको २१ औँ मिनेटमा युवराज खड्काको गोल मार्फत मनाङमाथी हावि भएको एपिएफ दोस्रो हाफमा भने पुरै दवावमा रह्यो । खेलको ६७ औँ मिनेटमा मनाङका दयानन्द सिंह र ८४ औँ मिनेटमा विदेशी खेलाडी फ्रेन्कलिंकले गोल गर्दै आफ्नो टिमलाई जितको नजिक पुर्याए । निर्धारित ९० मिनेटसम्म मनाङको उत्साह विजयोन्मुख थियो, तर थपिएको अतिरिक्त समयमा एपिएफका खेलाडी रविले गोल गर्दै मनाङको उत्साहमा पानी खन्याईदिए ।
तत्पश्चात खेल ३० मिनेटको अतिरिक्त समयमा धेकेलियो । ३० मिनेटसम्म पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइबे्रकर मार्फत लिनुपर्यो । टाइब्रेकरको अन्तिममा टिमका तर्फबाट मनाङका वालावालेको प्रहार एपिएफका गोलकिपरले रोकिदिए । त्यसको फाइदा एपिएफका विदेशी खेलाडी र्अमान्डोले उठाए र एपिएफलाई उपाधीसंगै जित दिलाए ।




