कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत १० जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९८६९ नमुना परिक्षण गरिएकामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ८९९४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । शुक्रबार १२८५६३ मात्रा कोरोना विरुद्धको खोप ललगाईएको छ ।




