कोरोना भाइरसको संक्रमण बढेसंगै उकालो लाग्ने अनुमान गरिएको नेपाली शेयरबजारमा सोमबार १०० अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज लि.का अनुसार शेयर बजार १०० अंकले घटेसंगै यसदिन अधिकांस लगानीकर्ताहरुले घाटाको सामना गर्नुपरेको छ ।
सोमबार १००.१ अंकले घटेर नेप्से परिसुचक २८२०.४१ अंक कायम भएको छ । सेन्सिटिभ इन्डेक्स १८.२ घटेर ५२५.९० तथा फ्लोट इन्डिेक्स ७.०२ अंकले घटेर १९४.०४ अंक कायम भएको नेप्सेले जनाएको छ ।
सोमबार १,१३,२०५ पटकको कारोबारमा २२८ कम्पनिका १,७०,६३,८३३ कित्ता शेयर ८,८८,८५,१३,१७८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सवै उपसमुहको मुल्यमा गिरावट आएको छ । सोमबार बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनि र विन नेपाल लघुवित्त वित्तीय संस्था लि.को मुल्यमा भने सर्किट लागेको छ ।




