आफ्नो रुपमा विभिन्न प्रकारको उत्परिवर्तन गर्दै विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरसको माहामारी अन्त्य ओमिक्रोनसंगै हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्युएचओ) ले जनाएको छ । जसका कारण जारी महामारीबाट छुटकारा पाउन सकिने आशाहरु व्यक्त गरिएका छन् ।
डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भनेका छन्, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको छ र चाँडै नै यो महामारी अन्त्य हुनेछ । उनले ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लगेको समेत बताए । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।
निर्देशक क्लुगले थप भनेका छन्, कि सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुनेछ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको समेत उनले बताए । तर, उनका अनुसार यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार