गण्डकी प्रदेशमा थप नौ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीमा ४८९ जना, स्याङ्जामा १२३ जना, लमजुङ्मा ४५ जना, गोरखामा ४० जना, नवलपुरमा ६१ जना, तनहुँमा ६९ जना, बाग्लुङ्मा ३७ जना, म्याग्दीमा १९ जना, पर्वतमा १६ जना र मुस्ताङ्मा १ जना गरि प्रदेशभर ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका वडा नं. ११ की ४० वर्षीय कोरोना संक्रमित महिला र पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ की २३ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ११७ पुगेको छ । उनिहरु मध्ये ४ हजार ४१ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार