प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधन मार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् ।




