नेपालमा सोमबार एकैदिन ६ हजार बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय नमुना परिक्षणमा ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर ३ जनाको मृत्यु भएको छ । उनिहरुको संक्रमण पश्चात विभिन्न अस्पतालहरुमा उपचार भैहरेको थियो । यसअवधिमा ५४७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय बढि पुगेको छ ।




