नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा २ जनाको मृत्यु भएको छ । साथै २७८ जना संक्रमण मुक्त भएका छन् ।




