गण्डकीमा हालसम्म१८ वर्ष माथिका झण्डै ७६ प्रतिशत मानिसहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको पुणर्मात्रा लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो समाचार तयार गर्दा सम्म ७५ दशमलव ८ प्रतिशत मानिसहरुले खोपको पुरा मात्रा लगाएका छन् ।
यस्तै १२ देखी १७ वर्षसम्मका १ दशमलव १ प्रतिशतले पुरामात्रा र ५७ दशमलव ४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएकाहरुलाई हाल दोस्रो मात्रा र खोप नै नलगाएकाहरुलाई पनि खोप दिने कार्यक्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।




