पोखराको बजारमा खानेपानीको पाईप विस्तार गर्ने क्रममा खनिएका खाडलका कारण सवारी आवागमन निकै समस्या देखिएको छ ।
साँघुरा बाटोहरुमा खनिएका खाल्डाका कारण सवारी आवागमनमा प्रत्यक्ष असर परेको सरोकारवालाहरुको भनाईछ ।
यसैबिच ति स्थानहरुमा बाटो भासिने र खाडलहरु पर्ने गरेका कारण गाडिहरु फस्ने गर्नाले यात्रुहरुले समेत सास्ती खेप्नु परेको छ । विहिबार पोखरा महानगरपालिका वडा नं. ३ को कार्यालय नजिकै टालिएको ठाँउ भासिदा नगर बस फसेको छ ।
सडकमा खाल्डो परेपछि ग१ख ६४५४ नं.को नगरबस सो स्थानमा फसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार