नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा परिक्षण केन्द्रहरुमा गरिएको नमुना परिक्षणमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा २३९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म ३ करोड ९२ लाख ३ हजार ९२७ मात्रा कोरोना विरुद्धको खोप प्रदान गरिएको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार