नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ ।
आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण गर्छ,’ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्षमण्डलका सदस्य गिरिराजमणि पोखरेलले भने, ‘संघीय संसदबाट पारित नेपालको पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गर्न सरकारसमक्ष माग गर्छ ।’




