प्रधानमन्त्री शेर बहादुर देउवाले पाँच दलिय गठबन्धनको नेतृत्व गरिरहेका देउवाले गठबन्धन कसैको विरुद्धमा नभएको उनले स्पष्ट पारेका छन् । गठबन्धन निकै लामो समयसम्म अगाडी जाओस् भन्ने आफुले चाहेको कांग्रेस सभापति समेत रहेका प्रधनमन्त्री देउवाले बताए ।
एमसिसिका विषयमा आफुले राष्ट्रघात भन्ने कुरा नदेखेको उनले स्पष्ट पारे । यसको गहन अध्धययन गर्न उनले आग्रह समेत गरे । एमसिसिका विषयमा अथेष्ट जानकारी लिन उनले अपिल गरे । यसको विषयमा वृहत छलफल गरेर अगाडी बढ्ने उनले आश्वासन दिए ।
साथै उनले नेपालको राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भुमिका महत्वपुर्ण रहेको बताए । मुलुकको राजनीतिक परिवर्तन र संविधान निर्माणमा समेत प्रचण्डको उल्लेखनिय योगदान रहेको प्रधानमन्त्री देउवाले बताए ।




