गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ९ पुरुष गरि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १४ जना र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअवधिमा १७ जना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १६३ जना रहेको छ । उनिहरु मध्ये १४९ जना होम आईसोलेसनमा रहेका छन् ।




