गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ९ महिला र १४ पुरुष गरि २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ११ जना, बाग्लुङ्का ५ जना, नवलपुरका २ जना, लमजुङ्का २ जना, स्याङ्जाका १, तनहुँका १ र पर्वतका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअवधिमा ८ जना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १६४ जना रहेको छ । उनिहरु मध्ये १४७ जना होम आईसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार