नेप्से परिसुचक आज पनि दोहोरो अंकले घटेको छ । नेप्सेमा आज १७.९३ अंकको गिरावट आएको छ । दोहोरो अंकको गिरावट संगै नेप्से परिसुचक सोमबार २३५८.८१ अंकमा झरेको छ ।
सोमबार सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंक कायम भएको छ । यस्तै आज फ्लोट इन्डेक्स १.०५ र सेन्सेटिभ फ्लोट ०.४६ अंकले घटेको छ ।
नेप्सेमा आज २३१ कम्पनिका ५४ लाख ३९ हजार ८७ कित्ता शेयर २ अर्व ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँमा कारोबार भएको छ । सोमबार लघुवित्त र मेनुफ्याक्चरीङ एण्ड प्रोसेसिङ बाहेक सवै उपसमुहहरुको सुचक घटेको छ ।
आज गोर्खा फाईनान्स लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।




