नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि हुने दोस्रो चरणको निर्वाचनमा डा.शेखर कोईराला जाने भएका छन् ।
पराजित सभापतिका सवै उमेद्वारहरु शेर बहादुर देउवाको पक्षमा होमिएपनि डा.कोईराला एक्लै निर्वाचनमा जाने तयारीमा छन् ।
उनले संचारकर्मीहरुसंग कुराकानी गर्दै दोस्रो चरणको निर्वाचनमा आफु विजयी हुने विश्वास समेत व्यक्त गरे । र, आउने परिणामलाई सहजरुपमा स्विकार गर्ने बताए ।




