नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २ जनाको मृत्यु भएको हो ।
यसअवधिमा २६५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । ३५७ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८३ जना रहेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणका करण नेपालमा ११ हजार ५४३ जनाको मृत्यु भएको छ ।




