कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचार रहेका संक्रमितहरु मध्ये १ जनाको मृत्यु भएको हो ।
यसअवधिमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४३६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।




