नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट शक्तिहरुलाई एकताका लागि आह्वान गरेका छन् ।
चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौँठो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको न्याय र उन्मुक्तीका लागि कम्युनिष्टहरुको एकता आवश्यक रहेको बताए ।
प्रधानन्यायाधिस माथी लगाईने चर्चा भैरहेको महाअभियोगका विषयमा राष्ट्रको हितअनुकुल हुन्छ हुदैन् भन्ने कुराको निक्र्यौल गरेर मात्र लगाउने वा नलगाउने भन्ने टुंगोमा पुग्ने अध्यक्ष प्रचण्डले बताए ।
साथै अमेरीकी सहयोग एमसिसिका विषयमा पनि राष्ट्रको हितलाई प्रमुखतामा राखेर राष्ट्रिय सहमतिका आधारमा निर्णय गरिने उनले बताए । पछिल्लो पटक गठबन्धनका विषयमा निकै नै चर्चा र परिचर्चा हुने गरेको भन्दै यसलाई भत्काउने खेलमा थुप्रै शक्तिहरु लागिपरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार