नेकपा मालेका महासचिव सिपी मैनालीले राजाहरुमा जति राष्ट्रवाद कुनैपनि नेतामा आफुले नदेखेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता महाधिवेसनलाई सम्बोधन गर्दै महासचिव मैनालीले राजाका पालामा नभएको वैदेशिक हस्तक्षेप बढेको समेत बताए ।
अबाञ्छित बाह्य हस्तक्षेपहरुले आफुहरुलाई कजाएको उनले बताए । हस्तक्षेपको सिमा बढेको भन्दै यसको चर्को आलोचना समेत गरे । नेताहरुका कारण बाह्य हस्तक्षेप अचाक्ली बढेको छ ।




