कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले आज विस्वासको मत लिनेभएका छन् । यसअघि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक हिजो मत विभाजनमा प्रवेश नगरी स्थगित भएको थियो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए ।

मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको थियो । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनका सिलसिलामा चितवनमै रहेकाले मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार