कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनाmय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण उपचारमा रहेका लमजुङको बेसिशहर नगरपालिका वडा नं. ११ की ४० वर्षीए महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार ४१६ जनाको मृत्यु भएको छ । आज १९ जना संक्रमित थपिएका छन् । १५ जना संक्रमणमुक्त भएका छन् । हाल १६१ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये १२३ जना होम आईसोलेसनमा रहेका छन् ।




