नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतन्त्रको पक्षमा डृढताका साथ होमीन नेकपा एमालेलाई सुझाव दिएका छन् ।
नेकपा एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिदै प्रधानमन्त्री देउवाले आपसमा भएका विमतिहरुलाई संविधानमा गरिएका व्यवस्थाहरु अनुरुप स्विकार गर्नुपर्ने बताए ।
एमाले अध्यक्ष ओली आफ्नो जेलमेट भएका कारण पनि हिजोका दुखहरु सम्झीएर अगाडी बढ्नु पर्ने उनले बताए ।




