राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताए ।
राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।



