राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । लामो समयदेखी नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको भएको हो ।
पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाले अमेरिका, चीन र भारत लगायतका देशमा समेत उपचार गरेका थिए । तर खास सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए ।
अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।




