गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ८ जना महिला र ९ जना पुरुष रहेका छन् । सवैभन्दा धेरै कास्कीका ९ जना र नवलपुरका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पर्वत, तनहुँ र स्याङ्जाका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारमा रहेका एक जना संक्रमितको भने मृत्यु भएको छ । तनहुँको घिरिङ् गाउँपालिका वडा नं.५ क ि६३ वर्षीय एक संक्रमित महिलाको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
हालसम्म गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४१३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार