विश्वविद्यालय अनुदान अयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेका छन् । गतवर्ष ४ लाख ६६ हजार ८२८ रहेकोमा सबैभन्दा बढी ३ लाख ५६ हजार ६५४ जना विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेको आयोगले जनाएको छ ।
यस्तै १५२ विश्वविद्यालय आंगिक क्याम्पस, ५३६ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरु र ७५९ निजी क्याम्पसहरु गरी १ हजार ४३७ क्याम्पस पुगेको आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यी क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीको संख्या तुलना गर्दा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या बढी पाइएको हो ।

यस्तै सबैभन्दा कम विद्यार्थी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी देखिएका छन् । प्रतिष्ठानमा जम्मा ५९ जना विद्यार्थी मात्रै अध्ययरत रहेको आयोगले जनाएको छ ।



