पोखराको लेकसाइडमा भएको आगलागिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
ताल किनारमा रहेका रेष्टुरेन्ट तथा टहरा पसलहरुमा सोमबार बिहानै आगलागि भएको थियो । सो आगलागिमा १० बढि रेष्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएका कास्की प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभएपनि करोडौ रुपैया बराबरको धनसम्पति भने जलेर नष्ट भएको छ ।
आगलागीको कारण अझै खुल्न सकेको छैन । हाल क्षतिको विवरण संकलन गर्ने काक भइरहेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिए ।




