गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ३ की ६१ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको आरटिपिसिआर परिक्षणमा कास्कीका १० जना सहित प्रदेशका १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीका ८ जना महिला र ९ जना पुरुषमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या २०८ जना रहेको छ ।




