विदेशबाट भित्रने रेमिट्यान्स यस वर्ष मूख्य सिजनमा नै घटेको छ । दशैं अघि विदेशबाट हरेक वर्ष ठूलो मात्रामा रेमिट्यान्स भित्रने गरेको थियो । हरेक वर्ष दशैंको बेला वृद्धि हुने रेमिट्यान्स यस वर्ष भने घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार दशैं अघिको महिना अर्थात भदौमा विदेशबाट १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशतले कमी हो । यस अघि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि रेमिट्यान्स १८ प्रतिशतले घटेको थियो ।




