कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १० जनाको उपाचारको क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८७१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या १५ हजार बढि रहेको छ । उनिहरु मध्ये ३२२ जनाको सघन उपचार कक्ष र ११३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
नेपालमा कुल जनसंख्या २९ प्रतिशत मानिसहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।




