नेपालमा ३२ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ गतेसम्मको विवरण अनुसार पहिलो मात्रा खोप ४० प्रतिशतले पाएका छन् ।
हालसम्म पूर्ण मात्राको खोप ६९ लाख ६२ हजार १ सय ६४ जनाले पाइसकेका छन् भने पहिलो मात्रा खोप ८७ लाख २ हजार ७ सय ५ जनाले लगाइसकेका छन् । पूर्ण खोपका लागि १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ लक्षित जनसंख्या हो ।

यस्तै काठमाडौँ उपत्यकामा ७४ प्रतिशत अर्थात् १५ लाख ७९ हजार ८ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८१ प्रतिशत अर्थात् ३१ लाख ३९ हजार ७ सय ७३ जनाले पहिलो मात्रा खोप लगाइसकेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा खोपको लक्षित जनसंख्या २१ लख २९ हजार ७ सय ७३ रहेको छ ।



