यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।
विभागले नेपालीको दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।


इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । दशैंको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने भएको हो ।



