पोखरामा बिहानी बजारको शुभारम्भ गरिएको छ । घटस्थापनाको अवसरमा पोखरा ६ डिहिकोपाटन स्थित उक्त बजारको औपचारिक शुभारम्भ गरिएको बजारका अध्यक्ष डा.ढाका कुमार श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार दैनिक उपभोग्य सामाग्रीहरुको सुलभ उपलब्धताका लागि एकिकृत बजारकोस्थापना गरिएको हो ।
बजारमा दैनिक उपभोग्य सामाग्रीहरु, पियपदार्थ, बिस्कुट, स्यान्याक्स, कस्मेटिक समान, मासु, ससेज, बच्चाका खेलौना तथा सामाग्रीहरु, घर तथा अफिसहरुमा प्रयोग हुने विभिन्न सामाग्री, मिठाई तथा केक आईटम, सेनिटाईजर तथा माक्स लगायतका सामाग्रीहरु सुपथ मुल्यमा एकै ठाँउमा उपलब्ध हुनेछन् । बजारमा विभिन्न सामाग्रीहरुको कम्बो अफर समेत राखिएको डा.श्रेष्ठले जनाए ।
बिहानी बजारमा पाईने सामाग्रीहरुमा दैनिक ५ देखी १० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको अर्का संचालक हरि कार्कीले बताए । देशभरका जिल्लामा एक जिल्ला एक डिपार्टमेन्टल स्टोर्स भन्ने ध्येयका आफुहरु अगाडी बढेको कार्कीले बताए ।
पोखरामा यस्ता प्रकृतिका थुप्रै बजार पसलहरु संचालनमा रहेको बताउदै पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत बहादुर पहारीले सामान तथा सेवाको गुणस्तरमा जोड दिए । बजारमा पाईने सामाग्रीहरु, त्यसको गुणस्तर, मुल्य र सेवा लगायतका विभिन्न फ्याक्टरहरुले बजारको प्रभावकारीतामा भुमिका खेल्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । बजारमा स्वच्छ प्रतिस्पर्धाको आवश्यकता रहेको उनले बताएका छन् ।


बिहानी बजार दमौली शाखाकी संचालीका बसुन्धरा खत्रीले पोखरामा मात्र नभएर पर्वत, लमजुङ लगायतका जिल्लामा छिटो बिहानी बजारको शाखाहरु संचालनमा आउने बताईन । त्यसको लागि आफुहरु तयारीमा रहेको बताउदै उनले बजारले दिने सेवामा कुनै प्रकारको कमी नहुने विश्वास समेत दिलाईन् ।
शुभकामना टोल बिकास संस्थाका अध्यक्ष गणेशबहादुर ढकालले बिग्रेको र स्वास्थको लागि हानिकारक बस्तु बिक्री नगर्न आग्रह गरे । बजारको गरिमा कायम राख्न र सेवाको गुणस्तर वृद्धि गर्न उनले संचालकहरुलाई आग्रह गरे ।
कार्यक्रममा पानी पँधेरोको डिपार्टमेन्ट स्टोरका संचालक कुमार बराल र हिमालयन हाइ कन्ट्रक्सन प्रा.लिका संचालक अर्जुन अधिकारीले बजारको सफलताको शुभाकामना दिदै ग्राहकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।बजार बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म खुल्ला रहने छ । बजारमा सय रुपैयाँ भन्दा बढिको समान किन्नेलाई विभिन्न उपहारको व्यवस्था गरिएको छ । बिहानी बजारका विभिन्न शाखाहरु हेमजा, दमौली, कुश्मा, वेसिशहर लगायतमा पनि सेवा उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार