बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।




