कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ३१८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल १८ हजार ४२२ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये ३६४ जनाको सघन उपचार कक्ष आइसियु र १२० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा थप २ लाख ८ हजार बढिलाई कोरोना विरुद्धको खोप लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार