कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचाररत संक्रमितहरु मध्ये ९ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरु मध्ये ४ जना कास्कीका रहेका छन् । यसअवधिमा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज ९० जना महिला र १०२ जना पुरुष गरि १९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा १९ हजार बढि सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये ३६८ जनाको सघन उपचार कक्ष आइसियु र १२० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।




