विहिबार नेप्से परिसूचक साढे ७६.६५ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहिबार ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स पनि १२.७३ अंकले घटेर ५२५.७८ अंक कायम भएको छ । फ्लोट इन्डेक्स ५.५८ र सेन्सेटिभ फ्लोट ४.६३ अंकले घटेको छ । बिहिबार २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच भएका छन् भने, ९ अर्व ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सवै उपसमुहको मुल्य घटेको छ । आज सवैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले प्रतिशेयर १० प्रतिशतका दरले कमाएको छ ।




