पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज १ देखि खुल्ने भएका छन् । महानगरको नगर शिक्षा समितिको आइतबार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेको हो ।

पोखरा नगरपालिकाले जारी गरेको सूचना अनुसार स्कुल सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।

‘विद्यार्थी धेरै भएका विद्यालयल भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सक्ने,’ जारी सूचनामा भनिएको छ, ‘भौतिक दूरी कायम गरेर सबै कक्षा एकैचोटि सञ्चालन गर्न असम्भव भएमा फरकफरक दिनमा कक्षा कोठामै पठनपाठन गराउन सकिने छ ।’ विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार