बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.५४ अंक घटेको नेप्से साताको चौठोँ कारोबार दिन पनि लगातार ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेर ५३८.५० अंक कायम भएको छ । फ्लोट इन्डेक्स २.९२ र सेन्सेटिभ फ्लोट २.६१ अंकले घटेको छ । मंगलबार २२२ कम्पनीको ५७ हजार ८९५ पटकको कारोबारमा १ करोड ५ लाख ५७ हजार ८८६ कित्ता शेयर किनबेच भएका छन् भने, ५ अर्व ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सवै उपसमुहको परिसुचक घटेको छ । आज सवैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले प्रतिशेयर ८.२३ प्रतिशतका दरले कमाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार