नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले असोज ५ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।
नेकपा (एमाले) बाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ ।




