मंगलबार नेप्से परिसूचक साढे १८.५४ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा बन्द भएको नेप्से मंगलबार भने १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ५४५.६६ अंक कायम भएको छ । फ्लोट इन्डेक्स १.२२ र सेन्सेटिभ फ्लोट १.१२ अंकले घटेको छ । मंगलबार २२२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएका छन् भने, ५ अर्व १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सवै उपसमुहको मुल्य घटेको छ । आज सवैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाले प्रतिशेयर १० प्रतिशतका दरले कमाएको छ भने राष्ट्रिय बिमा कम्पनिले प्रतिशेयर ५.५६ प्रतिशतका दरले गुमाएको छ ।




