नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले नेपालसंग जोडी नखोज्न अमेरीकालाई चेतावनी दिएका छन् ।
काठमाण्डौमा आयोजित अमेरीकी सहायता कार्यक्रम एमसिसिको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रकाण्डले अमेरीकी राष्ट्रपति जो वाईडनलाई भेतनाम युद्धको स्मरण गराउँदै यस्तो चेतावनी दिएका हुन् ।
उनले एमसिसि सम्झौता गरेर पहिलो गल्ती गरेका प्रधानमन्त्री शेर बहादुर देउवालाई त्यसलाई पास गरेर अर्को गल्ती नगर्न चेतावनी समेत दिए । हाल एमसिसिको वकालत गरिरहेका राष्ट्रघातिहरुलाई आगामी एकिकृत जनक्रान्तीको निसाना बनाउने उनले चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार