नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने नेताहरुले बताएका छन् ।
यसैबिच पार्टीले आफ्ना नेताहरूको जिम्मेवारी समेत विभाजन गरेको छ । सातमध्ये ६ वटा प्रदेशको इन्चार्ज तोकिएको छ भने, ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । यस्तै उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ ।
पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।




