अघिल्लो २४ घण्टामा बाढिपहिरो लगायतका विपद्का घट्नामा परि १५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण व्यवस्थापन प्राधिकरणका अनुसार देशभर भएका विभिन्न विपद्का घट्नामा परि १५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखी शनिबार बिहान १० बजेसम्म पहिरोमा परि पवर्तमा ११ जना, कास्कीमा ३ जना र तनहुँमा १ जना गरि १५ जनाको ज्यान गएको हो । यस्तै यि घट्नाहरुमा परि ३ जना वेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । यसअवधिका विपद्का १७ वटा घट्नाहरु भएका छन् ।
२०७८ वैशाखदेखी हालसम्म भने १ हजार ६८५ विपद्का घट्नाहरुमा परि २१७ जनाले ज्यान गुमाएका छन् भने, ४२ जना वेपत्ता र ४३८ जना घाईते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार