कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
पौराणिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् ।
यसैबिच कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार भने आइतबारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार