अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ झन्द्रेक बस्ने जिवलाल सुनारको घर र गोठमा मंगलबार साँझ सुख्खा पहिरो जाँदा पहिरोमा पुरिएर ९ वर्षीया झरना सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको थियो ।




