नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका वडाहरुको अधिवेशन भदौ १८ गते शुक्रबार हुने भएको छ ।

कास्की काँग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले अधिवेशन पूर्व निर्धारित मिति भदौ १८ मा नै गर्ने गरी तयारी शुरु गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

निर्वाचनको तयारीका लागि कास्कीका निर्वाचन अधिकृत आर.सी विमल(रामचन्द्र पौडेल) मङ्गलबार पोखरा आउनु भएको छ ।

सबै वडाहरुमा भदौ १७ गते बिहीबार साँझसम्ममा मतदान अधिकृत र निर्वाचन सामग्री पुग्ने छ ।

बैंठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

कास्कीका ७२ वडाबाट यसपटक दुई हजार १९ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार